काठमाडाैं । धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहमाथि कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत तीव्र आलोचना गरेका छन्।
संकटको घडीमा नेतृत्वकर्ताले जनता बीच नदेखिनु कमजोरी भएको उल्लेख गर्दै उनले शाहलाई अप्रत्यक्ष रूपमा ‘डरपोक’ को संज्ञा दिएका हुन्। साम्पाङले लेखेका छन्, संकटको समयमा लुकेर बस्ने, सडकमा आउन नसक्ने, जिम्मेवारी अरूको काँधमा थोपर्ने र असहज परिस्थितिको सामना गर्न नसक्ने व्यक्तिलाई नेतृत्व मानेकै कारण देशले न निकास पायो न विकास।
उनको यस्तो टिप्पणी हालको आन्दोलनपछिको राजनीतिक र सामाजिक तनावसँग जोडेर गरिएको ठानिएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया