काठमाडौं । एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा दिनुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा विचार राख्दै झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गरेकी छन् । राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका विहिन बनाइएको भन्दै आवाज उठ्न थालेको छ ।

advertisement

झाँक्रीले राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको आवश्यकता रहेको बताइन् । उनी भन्छिन्, ‘जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गरौं । सबै समस्याको समाधान चालु संविधानबाटै खोजौं ।’

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com