काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले संविधानको परिधिभित्रै रहेर सरकार निर्माण गर्नुपर्ने बताएका छन् । उनले देशमा सबै जल्दा बाँकी रहेका संविधान र नेपाल जल्न नहुने बताएका छन् ।

‘संसद् भवन जल्यो, सिंहदरबार जल्यो, सर्वोच्च अदालत र अदालतहरू जले, राष्ट्रपति कार्यालय जल्यो, राष्ट्रपति निवास पनि जल्यो । प्रधानमन्त्री कार्यालय र निवास जल्यो । धेरै संरचना जले । अब देशमा भएको संविधान नजलोस्, नेपाल नजलोस् । संविधान अनुसार सरकार बनोस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

advertisement

भदौ २३ र २४ गते भएका घटनाप्रति दुःख व्यक्त गर्दै खतिवडाले घटनाको छानबिन गरी दोषीलाई कारबाहीबाट उम्किन दिन नहुने बताए ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com