काठमाडौं । विभिन्न पार्टीनिकट विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरुले संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका छन् ।

उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी संसद्बाटै राजनीतिक निकास खोज्दै संसद् भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्वअध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायतले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन पनि आह्वान गरेका छन् ।

advertisement

विज्ञप्तिमा भनिएको छ, “देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आम जनताका मागको सम्बोधन, जनचाहनाअनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौँ ।

देशभर व्यापक लुटपाट र आगजनीका घटना भइरहेको परिस्थितिमा जनताको निजी, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अपराधको कैद सजाय भोगिरहेका व्यक्तिहरु जेलबाट भागेको र तिनीहरुले समाजमा थप अपराध गर्ने भएको हुनाले जेलबाट भागेका सम्पूर्ण कैदीहरूलाई खोजी गरी नियन्त्रणमा लिन जोड्दार माग पनि गरिएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com