काठमाडौं । हालैको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेपछि नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई दाबी छिटो फछ्यौट गर्न निर्देशन दिएको छ।
प्राधिकरणले कम्पनीहरूलाई साप्ताहिक रूपमा तोकिएको ढाँचामा दाबी सम्बन्धी तथ्यांक बुझाउन पनि आदेश गरेको छ। कुन संस्थाले कति क्षतिपूर्ति दाबी गरेको हो भन्ने विवरण संकलन गरेर पछि सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ।
आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, ह्यात होटल, चन्द्रागिरी केबलकार, एनसेल भवन लगायतका क्षेत्रमा क्षति पुगेको छ। नेपालमा सार्वजनिक सम्पत्तिको बीमा गर्ने चलन खासै नभएकाले त्यसतर्फ दाबी आउने सम्भावना न्यून देखिन्छ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया