काठमाडौं । गायिका ज्योति मगरले हालको राजनीतिक तथा सामाजिक अवस्थाप्रति आक्रोश व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले राष्ट्रप्रेम, वीरता र गौरव देख्ने आँखाले नै आज देशमा हिंसा, असमानता र अन्याय देख्नुपरेको उल्लेख गरेकी छन्।
उनले शान्ति र सुशासन चाहनेहरूले नै अझ धेरै हिंसा मच्चाएको आरोप लगाउँदै कयौँ आमाहरूको कोख रित्तिएको, आमा जिउँदै जलाइएकोजस्ता दर्दनाक अवस्थाको चित्रण गरेकी छन्।
‘सतीले श्राप दिएको देश भन्ने सुन्थेँ, सायद हो रहेछ। श्रापित नागरिकले यही देख्न र भोग्न बाँकी रहेछ। न देश बाँकी रह्यो, न कानुन, न धर्म, न मानवता। सबै सकियो,’ उनले लेखेकी छन्।
तर उनले अझै स्थिति थप बिग्रन सक्ने संकेत गर्दै लेखेकी छन्, ‘श्वास चलिरहेकै छ, सायद अझ धेरै देख्न बाँकी होला।’
मगरले आफूलाई ‘एक निरिह र लाचारी छोरी’ को रुपमा सम्बोधन गर्दै अभिव्यक्ति दिएकी हुन्।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया