काठमाडौं । हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नभइ पुनर्लेखन गर्नुपर्ने माग जेन–जीको रहेको बताएका छन् ।

जेन–जेकीको भावना प्रतिनिधित्व हुनेगरी अहिलेलाई संसद विघटन गरेर अन्तरिम सरकार बनाउनु पर्ने उनले बताए।

advertisement

‘अन्तरिम सरकार हो । संविधान चाहिन्छ, खारेज नगर्ने । अरुले हस्तक्षेप हुन्छ । तर संविधान संशोधन हुनुपर्छ,’ उनले भने।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने र राम्रो व्यक्तिलाई मन्त्री बनाउने उनले बताए। ‘पहिलो फिमेल प्रधानमन्त्री । नेपालीले इतिहास रचेको हो,’ उनले भने।

आफूहरुले प्रधानमन्त्री नखोजेको पनि उनले बताए। ‘सरकार हामीलाई चाहिएको होइन । सरकारमा जादैनौं । चाहिएको भए प्रधानमन्त्री मलाइ भन्थे होला नि, होइन । हामीले परिर्वतन खोजेको हो । अब कुर्सीमा पुगेपछि घमण्ड नहोस् । अब हरेक नेपालीको आवाज सुनिन्छ,’ उनले भने।

जेनजीको आन्दोलमा दमन गर्नेलाई नछोड्न् पनि उनले चेतावनी दिए। ‘परिवर्तन गर्दा गोली खाने देश हाम्रो ? हामीले मागेको सुशान त थियो । त्यति माग्दा गोली खानुपर्ने ?,’ उनले प्रश्न गरे। पार्टीहरुलाई उनले बुढा नेता नभइ नयाँ युवाले नेतृत्व गर्न पनि उनले आग्रह गरे ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com