काठमाडौं । सेनाले वार्तामा बारम्बार दुर्गा प्रसाईंलाई अघि सारिरहेपछि जेन–जी अभियन्ता बिहीबारको छलफलबाट बाहिरिएका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलले प्रसाईंलाई पनि सरोकारवाला भन्दै निरन्तर अघि ल्याएपछि अभियन्ताले वार्ता बहिष्कार गरेका हुन्। उनीहरू अब सेनासँग नभई सिधै राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गर्ने अडानमा पुगेका छन्।
‘सेनाले समन्वय गरिरहेको कारण हामी छलफलमा सहभागी थियौं। तर त्यहाँ असम्बन्धित व्यक्तिलाई बढी महत्व दिइएको देखियो। त्यसैले अब राष्ट्रपतिसँग मात्रै वार्ता गर्ने हाम्रो निष्कर्ष हो,’ एक अभियन्ताले बताए।
अभियन्ताले राष्ट्रपति पौडेलले केवल विज्ञप्ति जारी गरेर सीमित नहुने, बरु राजनीतिक निकासका लागि प्रत्यक्ष वार्ता गर्नुपर्ने माग राखेका छन्। माग पूरा नभए पुनः आन्दोलनमा जाने चेतावनी दिँदै उनीहरूले तत्काल सत्याग्रह सुरु गर्ने तयारीसमेत गरेका छन्।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया