काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय (जङ्गी अड्डा) पुगेका छन् । नेपाली सेनाको विशेष सुरक्षाघेरामा बसेका राष्ट्रपति पौडेल हाल जंगी अड्डा पुगेका हुन्।
राष्ट्रपति पौडेलले आज एक सार्वजनिक सन्देश जारी गर्दै विद्यमान परिस्थितिको समाधान संविधानसम्मत र संवादमार्फत खोजिने स्पष्ट गरेका थिए।
हाल राष्ट्रपति पौडेल प्रधानसेनापतीसँग संवाद गर्न सेनाको मुख्यालय (जङ्गी अड्डा) पुगेको बिश्वस्त स्रोतले जनाएको छ।
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया