काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत नेपाली सेनालाई हिम्मत गर्न आह्वान गरेका छन्।
उनले राष्ट्रिय एकता, नेपाली जनताको इज्जत र प्रतिष्ठा जोगाउन सेनाले निर्णायक भूमिका खेल्नुपर्ने जनाएका छन्।
शाहीले बिहीबार सामाजिक सञ्जाल फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘उपत्यका मात्र होइन, नेपालभरिका आमाबुबा, दाजुभाइ र दिदीबहिनीहरू तयारी अवस्थामा बस्नुपर्छ। कुनै पनि निर्णायक निर्णय आउन सक्छ।’
यस्तो छ, उनको स्टाटस
उपत्यका एंबम नेपाल भरिका सबै आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरु तयारी अबस्थामा बसौं कुनै पनि निर्णय आउन सक्छ।।नेपाली सेनाले हिम्मत गर्नुपर्छ आफ्नो परमाधिपती जोगाउनु पर्छ राष्ट्रिय एकताका लागि नेपालिको मानसम्मान र इज्जत र प्रतिष्ठाका लागि होइन भने सडकमा फेरि नेपालीहरू आउनेछन् अब चुप लागेर बस्दैन
प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार













प्रतिक्रिया