काठमाडौँ । गायक राजेश पायल राईले अन्तरिम सरकारबारे चलिरहेको बहसको बीचमा जेन–जी पुस्तालाई आफूलाई सञ्चार र विदेश मन्त्रालयको जिम्मेवारी दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू प्रधानमन्त्रीको आकांक्षी नभएको बताउँदै सञ्चार र पर्यटनजस्ता क्षेत्र सम्हाल्न सक्षम रहेको दाबी गरेका हुन् ।

advertisement

राईले पर्यटन र संगीतको विकासबारे गहिरो अनुभव तथा अन्तर्राष्ट्रिय यात्राबाट आर्जिएको ज्ञानलाई सरकारी काममा उपयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन् । “आँट गरे असम्भव केही हुँदैन,” भन्दै उनले विदेश भ्रमणको अनुभवले देशको पर्यटन तथा सांस्कृतिक कूटनीतिमा नयाँ दृष्टिकोण दिन सक्ने दाबी समेत गरेका छन् ।

 

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com