बुटवल, रुपन्देही । तीन दिनदेखिको कर्फ्यु हटेसँगै रुपन्देहीमा जनजीवन सामान्य बन्दै गएको छ। शुक्रबार बिहान ६ बजेदेखि लागू कर्फ्यु आदेश हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कर्फ्यु हटेपछि बुटवललगायतका क्षेत्रको जनजीवन क्रमशः सहज बन्दै गएको छ। अहिले जिल्लाभर निषेधाज्ञा पनि लागू गरिएको छैन। राजमार्ग क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ भने सडकमा सवारीसाधनहरू सामान्य रूपमा चल्न थालेका छन्।
साथै, बजार क्षेत्रका भित्री सडकमा पसलहरू पनि खुल्न थालेका छन्, जसले जनजीवनमा पुनः चहलपहल फर्किएको संकेत देखिएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले अहिले अवस्था नियन्त्रणमा आएकाले कर्फ्यु र निषेधाज्ञा हटाइएको जानकारी दिए । उनका अनुसार अवस्था थप मूल्यांकन गर्न आज दिउँसो सुरक्षा समितिको बैठक बस्नेछ र आवश्यक निर्णयहरू गरिने छन्।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया