नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अन्तरिम सरकार गठनका लागि भएको सहमतिप्रति असन्तुष्टि जनाएका छन्।
राष्ट्रपति कार्यालयमा भएको वार्तामा जिन–जि समूहको प्रस्तावअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिन सहमति जुटाइरहेका बेला पूर्वमन्त्री बाँस्कोटाले भने असहमति प्रकट गरेका हुन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले भने, “यो प्रक्रिया प्रयोगशालाभन्दा फरक देखिँदैन। पुराना, नयाँ, झन् नयाँ र एकदम नयाँ सबैले अन्ततः आफैंलाई चोट पुर्याउने निर्णय गर्छन्। हरेक अस्थायी समाधान बढीमा एक दशक टालटुलमै बिताउँछ।”
उनले थप लेखेका छन्, “यहाँ सर्पको मुखमा परेको भ्यागुतोले फट्याङ्ग्राको सिकार गर्न खोजेजस्तो अवस्था छ। आन्दोलन गर्ने उही पुरानै नेताहरु हुन्, त्यसपछि फेरि उत्खनन किन?”
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया