काठमाडौं । अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढाउने क्रममा देखा परेका कानुनी प्रश्न समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेलले निरन्तर सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन्। जेनजीको मागअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भए पनि संवैधानिक जटिलता देखिएपछि राष्ट्रपति सक्रिय भएका हुन्।

यसै क्रममा कानुनविद्हरसँगको छलफलसँगै जेनजी अभियन्ता सुदन गुरुङलाई समेत शीतल निवास बोलाइएको छ। जेनजी पक्षले संविधानको दायरामै रहेर निकास खोज्ने सकारात्मक संकेत दिएकोले अन्तरिम सरकार आजै गठन हुने सम्भावना बढेको छ।

advertisement

यता, शीतल निवासले बिहानै गृह मन्त्रालयलाई नयाँ प्रधानमन्त्रीको स्वागतका लागि तयारी अवस्थामा बस्न निर्देशन दिएको समेत खुलासा भएको छ।

 

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com