काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस भएको निर्णयलाई सकारात्मक कदम भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै उनले अहिलेको संविधानलाई संशोधन र पुनर्लेखनमार्फत परिमार्जन गर्न आवश्यक रहेको तर संविधान र संसद्लाई कायम राखेर मात्र त्यो प्रक्रिया अघि बढाउनुपर्ने स्पष्ट पारे।
‘संविधानलाई आवश्यक परिमार्जनका लागि संशोधन र पुनर्लेखन गर्न सकिन्छ,’ यादवले भने, ‘तर संसद् विघटन वा संविधान खारेज गर्ने कुरा मुलुकको हितमा हुन सक्दैन।’
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया