काठमाडौं । नेपाली कांग्रेसका नेता कार्यकर्ताले शुक्रबार काठमाडौंको सामाखुसी चोकमा जोरदार प्रदर्शन गरेका छन्।

प्रदर्शनमा उनीहरूले संवैधानिक सर्वोच्चताको रक्षा, राष्ट्रपतिलाई सार्वजनिक रूपमा जानकारी गराउने, भ्रष्टाचार नियन्त्रण र जेन–जेड आन्दोलनका माग पूरा गर्नुपर्ने जस्ता विषयमा जोड दिएका थिए। साथै, सबै समस्याको समाधान वर्तमान संविधानभित्रै खोजिनुपर्ने उनीहरूको माग रहेको थियो।

advertisement

कार्यक्रमको कोणसभा नेता जगदीश्वर नरसिंह केसीले सम्बोधन गरेका थिए। उनले जेन–जेड आन्दोलनको नाममा सर्वोच्च अदालतदेखि सिंहदरबारसम्म आगजनी गर्ने गतिविधिको कडा विरोध गरे। साथै सभापति शेरबहादुर देउवा लगायतका नेता कार्यकर्तामाथि भएको आक्रमणको समयमा कार्यकर्ताले चुप लागेर बस्नु नहुनेमा जोड दिए।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com