काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै देशमा अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्र स्थापना गर्न प्रतिबद्ध हुन सबैलाई अपिल गरेका छन्।
शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले वर्तमान संकटको समाधान विधिको शासन र संविधानको दायराभित्रै खोज्नुपर्नेमा जोड दिएका छन्।
वक्तव्यमा भनिएको छ, ‘देशमा विद्यमान कठिन परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई मुख्य ध्यानमा राख्दै संवैधानिक प्रक्रियाबाटै समाधान दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादको सीमाभन्दा बाहिर जाने काम हुँदैन भन्नेमा हामी दृढ छौँ।’

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया