रौतहट । नेपाली कांग्रेसले संविधान र लोकतन्त्रको संरक्षणका मागसहित शुक्रबार रौतहटका विभिन्न स्थानमा शान्तिपूर्ण प्रदर्शन गरेको छ। प्रदर्शनमा पार्टीका नेता–कार्यकर्ताहरू ठूलो संख्यामा सहभागी भएका थिए।

गरुडा बजारमा कांग्रेस कार्यकर्ताहरूले प्लेकार्डसहित मूल सडकमा जुलुस निकाल्दै ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’ भन्ने नाराबाजी गरेका थिए। कार्यक्रममा मेयर प्रत्यासी सुनिलकुमार यादव, उपमेयर प्रत्यासी पुनम कुमारी चौधरी, वृन्दावन नगरपालिकाका पूर्व मेयर रामसिनेही यादवलगायत जिल्लास्तरीय नेताहरूको सक्रिय उपस्थिति थियो। उनीहरूले संवैधानिक शासनको निरन्तरताले मात्रै राष्ट्र स्थिर रहने र जनअधिकार सुरक्षित हुने बताएका थिए।

advertisement

त्यस्तै, फतुवा विजयपुर नगरपालिकाको विजयपुर बजारमा युवा नेता ज्ञानेन्द्र प्रसाद यादवको नेतृत्वमा अर्को प्रदर्शन गरिएको थियो। उनले संविधानमाथि भइरहेको खतराप्रति चिन्ता व्यक्त गर्दै ‘यो केवल कागज च्यातिनु होइन, संघर्ष र बलिदानमाथिको प्रहार हो’ भनेर चेतावनी दिएका थिए।

फतुवा विजयपुरमा सहभागीहरूले ‘संविधानको रक्षा गरौं, लोकतन्त्र बचाऔं’, ‘विदेशी हस्तक्षेप बन्द गर’ जस्ता नारासहित बजार परिक्रमा गरेका थिए। कार्यक्रममा कांग्रेसका निवर्तमान नगरप्रमुख गोपाल राय यादवले संवैधानिक सीमाभित्रै रहेर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com