काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल पछि प्रधानसेनापति अशोकराज सिग्देल राष्ट्रपति भवन शीतल निवासबाट बाहिरिएका छन्।

सिग्देलले राष्ट्रपति पौडेलसँग करिब आधा घण्टा लामो छलफल गरेका थिए। छलफलको विषय आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन, तर पछिल्ला राजनीतिक घटनाक्रम अनुसार कसरी अघि बढ्ने भन्नेबारे कुराकानी भएको बुझिएको छ।

advertisement

आजै जेन–जेड आन्दोलनका मागअनुसार प्रधानमन्त्रीको रूपमा अघि सिफारिस भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको टोलीले पनि राष्ट्रपतिसँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com