काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्। उनले आफूहरू दमन र विध्वंस विरुद्ध रहेको जिकिर गरेका छन्। ‘हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ,’ उनले भने।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार












प्रतिक्रिया