काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले छलफललाई तीव्रता दिएका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानसेनापति अशोकराज सिग्देलसँग राष्ट्रपतिले छलफल गरेका थिए ।
त्यसपछि राष्ट्रपतिले जेन-जीका तर्फबाट अन्तरिम सरकारको नेतृत्वकर्ताका रुपमा नाम अघि सारेका सुशीला कार्कीसँग पनि छलफल गर्दैछन् ।
आजै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रेस नोट जारी गर्दै संवैधानिक व्यवस्था अनुसार राजनीतिक गतिरोधको निकास निकाल्न सुझाएका छन् ।
राष्ट्रपतिको कदमको पनि निकास निकाल्न केन्द्रित रहेको बताउँदै सभामुख र राष्ट्रिय सभा अध्यक्षले विषम् परिस्थितिको सामूहिक प्रयासबाट जेन-जीका माग सम्बोधन गर्दै हल गर्नुपर्ने सुझाएका छन् ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया