काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिनका लागि दुईवटा अलग-अलग शक्तिशाली आयोग गठन गर्नुपर्ने पक्षमा रहेको बताएका छन्।

महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत पार्टीको धारणा व्यक्त गर्दै भने, ‘हामी दमन र विध्वंस विरुद्ध एक आयोग र भ्रष्टाचार नियन्त्रणका लागि अर्को आयोग गठन गर्नुपर्ने पक्षमा दृढ छौँ।’

advertisement

दुई दिनको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। पहिलो दिन (भदौ २३) २१ जनाको मृत्यु भएको थियो भने दोस्रो दिन (भदौ २४) थप जनधन र जनजीवनमा क्षति पुगेको थियो।

दोस्रो दिनको प्रदर्शनमा सरकारी संरचना, दलका नेताको निवास, उद्योगी–व्यवसायीका घर तथा पसलमा आगलागी गरिएको थियो।

महामन्त्री थापाले दुई दिनमा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग उठाउँदै कांग्रेस पार्टीले यसका लागि स्पष्ट नीति र प्रतिबद्धता राखेको बताए।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com