विराटनगर । धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषभित्र तीनजनाको शव फेला परेको छ। ती शव अत्यधिक जलेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिए।

जेन–जी आन्दोलनका क्रममा अराजक समूहले उक्त सुपरमार्केटमा आगजनी गरेको थियो। आगो निभेपछि शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली भित्र पसेको थियो। सो क्रममा दोस्रो तलामा जलेर केही अवशेषमात्र बाँकी रहेको अवस्थामा एक शव भेटिएको थियो।

advertisement

प्रहरीका अनुसार केही समयमै भित्रैबाट थप दुई शव पनि उस्तै अवस्थामा फेला परे। तीनै शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि पठाइएको छ।

मंगलबार राति तोडफोड र लुटपाटको क्रममा भाटभटेनीभित्र कम्तीमा तीनजना फसेको भन्ने हल्ला चलेको थियो। फसेका व्यक्तिका आफन्तजनहरूले त्यसयता विभिन्न निकायसँग सम्पर्क गरिरहेका थिए।

भाटभटेनीमा लागेको भीषण आगो लामो समयको प्रयासपछि बिहीबार साँझ मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com