काठमाडौं। जेनजी प्रदर्शनमा भएकाे सीसाजन्य फोहर काठमाडौँ महानगरपालिकाले सङ्कलन नगर्ने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार एक सूचना जारी गर्दै सीसाजन्य फोहर सङ्कलन नगरिने जनाएको हो ।

गत सोमबार र मंगलबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा ध्वस्त भएका संरचनाहरूबाट निस्किएका सीसाजन्य फोहर महानगरले सङ्कलन नगर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

advertisement

यस्ता फोहरहरूलाई सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा पुऱ्याउन नमिल्दै बताउँदै जारी सूचनामा भनिएको छ,’त्यसैले फोहर सङ्कलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयहरूले यस्ता सीसाजन्य फोहरहरूलाई अन्य फोहरसँग मिसाउन नदिनुहोस्।’

यी फोहरहरूलाई छुट्टै सङ्कलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रूपमा राख्न समेत महानगरले आग्रह गरेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com