काठमाडौँ । जेनजी आन्दोलनका क्रममा अहिलेको गृह मन्त्रालय रहेको भवन पूर्ण रूपमा ध्वस्त भएपछि मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सारिने भएको छ।

यसअघि नयाँ भवन गृह मन्त्रालयका लागि बनाइएको भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ध्वस्त भएपछि त्यसलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गर्नुपर्ने भएको छ। फलस्वरूप परराष्ट्र मन्त्रालय सार्ने तयारीमा रहेको पुरानो सामान्य प्रशासन भवन गृह मन्त्रालयलाई दिने निर्णय गरिएको हो।

advertisement

गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले अहिलेको भवन प्रयोगयोग्य नरहेको र नयाँ स्थानमा सार्ने तयारी भइरहेको जानकारी दिए।

हाल मन्त्रालयको सुरक्षा समन्वय महाशाखा अन्तर्गतको ‘कन्ट्रोल रुम’ भने भग्नावशेषमै सञ्चालन भइरहेको छ। यस शाखाले मुलुकभरको सुरक्षा अवस्थाको निगरानी गर्ने तथा विपद्मा स्वदेशी–विदेशीको उद्धारका लागि हेलिकोप्टर व्यवस्थापन गर्ने जिम्मेवारी वहन गर्दै आएको छ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com