काठमाडौं । भ्रस्टाचार विरुद्ध आन्दोलनरत जेन-जी सङ्ग वार्ता गर्न राष्ट्रपतिले आनाकानी गरेपछी पछिल्लो समय राजनितिक संकट बढेको छ। नेपाली सेनाले पटकपटक मध्यस्थता गर्ने प्रयास गरे सफल भएको छैन। बिहानै देखि युवाहरू पाँच बुँदे प्रस्ताव हातमा बोकेर वार्ताको लागि तयारी अवस्थामा छन् । तर संसद विघटनको प्रस्ताव युवाहरूको पहिलो माग बनेपछि राष्ट्रपति पौडेलले वार्ताको समय सार्दै गएका छन। आन्दोलनरत जेनजी समुहले बिहिवार राति ११ बजेसम्मको समय भित्र नयाँ सरकार गठनको लागी समय दिएको थियो। तर राष्ट्रपति पौडेल संसद विघटनको पक्षमा छैनन्।

राष्ट्रपति पौडेलले आन्दोलनरत पक्षले वार्ताको लागी जेन जी समुहलाई अगाडी सारेको थियो। संयुक्त पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ । समूहले राजनीतिक अस्थिरता, भ्रष्टाचार र आन्दोलनका क्रममा भएका घटना–दुर्घटनाबारे ठोस कदम चाल्न माग गर्दै आफ्नो आधिकारिक प्रस्ताव सार्वजनिक गरेको हो ।

advertisement

राजनीतिक संकट समाधानको लागि पटक-पटकको प्रयास असफल बनेपछि आन्दोलनमा पर्दापछाडी बाट सहयोग गरेको GEN-Y ले सबै उमेर समुहलाई समेटेर GEN-XYZ को संयुक्त पाँच बुँदे प्रस्ताव पठाएको हो।

शुक्रबार काठमाडौंंमा भेला भएका युवाहरुले GEN-Z लाई अपरिपक्व सम्झेर हेपेको र युवाहरुको आवाजलाई दबाउन खोजिएको भन्दै GEN-Y र GEN-X ले परिस्थिति थप बिग्रीन नदिन संयुक्त पहल गरेको बताएको छ। अभियन्ता सौरभ भण्डारीले जेन जी युवाहरूलाई फुटाउन, टुक्र्याउन र जेनजी आन्दोलनको मर्म र भावनालाई विभिन्न बाहानामा कुल्चिन खोजेपछि अब सबै देशभक्त युवाहरुलाई समेटेर आन्दोलनलाई सशक्त बनाउन पाँचबुदे संयुक्त प्रस्ताव पठाएको र प्रस्ताव अस्विकार गरे युवाहरुको बलिदानीलाई सार्थक बनाउन सशक्त आन्दोलनमा जाने निचोड निकालिएको बताएका छन्।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com