काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार राति शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। यससँगै उनले मुलुकको ४२औँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन्।
राष्ट्रपति कार्यालयका अनुसार जेन–जी आन्दोलनको मुख्य मागलाई सम्बोधन गर्ने उद्देश्यसहित कार्कीलाई ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेटसहित प्रधानमन्त्री नियुक्त गरिएको हो।
शपथ ग्रहणपछि कार्की आजै सिंहदरबार प्रवेश गरी औपचारिक रूपमा पदभार ग्रहण गर्नेछिन्। त्यसपछि मन्त्रिपरिषदको पहिलो बैठक बसेर प्रतिनिधि सभा विघटन गर्ने निर्णय लिइने तयारी भएको छ। हाललाई सबै मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहने व्यवस्था गरिएको छ।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया