काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहण कार्यक्रममा हालैको जेन–जी आन्दोलनका कारण पदत्याग गर्न बाध्य भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित रहेनन्। त्यस्तै, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल पनि अनुपस्थित रहे।

यद्यपि, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने कार्यक्रममा सहभागी भए। सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, मुख्यसचिव, विभिन्न कूटनीतिक मिशनका प्रतिनिधि तथा अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

advertisement

 

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com