काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनको निर्णयप्रति पार्टीको गम्भीर आपत्ति रहेको बताएका छन्।
शुक्रबार बसेको केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकपछि प्रवक्ता तथा उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिँदै, वर्तमान परिस्थितिको समीक्षा गर्दा संसद् विघटन संवैधानिक व्यवस्थाविपरीत रहेको निष्कर्षमा पार्टी पुगेको बताए।
माओवादी केन्द्रले संविधान र लोकतान्त्रिक प्रक्रियाको विरुद्ध जाने यस्तो कदमप्रति गम्भीर असहमति प्रकट गरेको बैठकले निर्णय गरेको हो।
प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया