काठमाडौँ । अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको घोषणापछि नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले यस कदमलाई असंवैधानिक र निषेधित भनेका छन् ।

संसद विघटनसहित ६ महिनाभित्र नयाँ निर्वाचन गराउने योजनामा कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निर्णय सार्वजनिक भएसँगै थापाले संविधानको धारा १३२ (१) र (२) अध्ययन गर्न आग्रह गर्दै सर्वोच्च अदालतबाट यो कदम बदर हुने विश्वास व्यक्त गरे ।

advertisement

उनका अनुसार, “संविधानले स्पष्ट तोकेको प्रक्रिया विपरीत संसद र जनताले नचिनेको व्यक्तिलाई एकाएक प्रधानमन्त्री बनाइयो । बिहान सामान्य नागरिक, राति कृपामा प्रधानमन्त्री — तर यो पद सरकारको मूल नेतृत्व हो, मजाक होइन,” भन्दै उनले तत्कालीन निर्णयलाई असंवैधानिक र खारेजीयोग्य ठहर गरे ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com