चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले चितवनभर लागू गरिएको कर्फ्यु र निषेधाज्ञा आज शनिबार बिहान ७ बजेदेखि हटाएको छ।

जेन(जी आन्दोलन सुरू भएपछि जिल्लामा विभिन्न सरकारी कार्यालय, सार्वजनिक सम्पत्ति, व्यवसायिक प्रतिष्ठान, निजी घर, पार्टी कार्यालय र स्थानीय तहका कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाटका घटना बढेपछि प्रशासनले दिनको समयमा निषेधाज्ञा र रातको समयमा कर्फ्यु आदेश जारी गरेको थियो।

advertisement

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार अहिलेको सुरक्षा अवस्था मूल्याङ्कन गर्दै कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरिएको हो। उनले जिल्लामा शान्ति र सुरक्षाको अवस्था सुदृढ राख्न सुरक्षाकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पनि उनीहरूलाई आवश्यक सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com