काठमाडौं । जेन(जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिंहदरबार बाहिर सार्ने तयारी भएको छ।

सिंहदरबार परिसरभित्र रहेको मन्त्रालयको भवन काम गर्न सक्ने अवस्थामा नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहल परिसरभित्रको सार्वजनिक खरिद अनुगमन कार्यालय भवनमा मन्त्रालय सार्ने तयारी गरिएको अधिकारीहरूले जनाएका छन्।

advertisement

शिक्षा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, “सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमै कार्य संचालन गर्ने सोचमा छौं।”

हाल भने सार्वजनिक खरिद अनुगमन कार्यालयमा स्थान अपुग भएकोले, सो कार्यालयलाई अन्यत्र सारेर मन्त्रालयलाई व्यवस्थापन गर्ने विकल्पमा छलफल भइरहेको छ।

भदौ २३ गतेदेखि सुरु भएको जेन(जी आन्दोलन अन्तर्गत भदौ २४ मा सिंहदरबारको मुख्य भवनसहित संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत तथा विभिन्न मन्त्रालयहरूमा तोडफोड र आगजनी भएको थियो।

शिक्षा मन्त्रालयका केही कोठा पूर्ण रूपमा जलेका छन् भने काठका भर्‍याङ समेत क्षतिग्रस्त भएका छन्। शनिबार सरसफाइ र प्रारम्भिक मर्मतको काम भइरहेको छ।

यसैबीच, गृह मन्त्रालयलाई उद्योग मन्त्रालयको उत्तरतर्फ रहेको टावरयुक्त पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी गरिएको छ। प्रारम्भिक योजना परराष्ट्र मन्त्रालयलाई त्यहाँ सार्ने भए पनि, वर्तमान अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै प्राथमिकतामा गृह मन्त्रालयलाई त्यहाँ व्यवस्थापन गर्न लागिएको हो।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com