मकवानपुर । मकवानपुरको भीमफेदीस्थित कारागारबाट भदौ २५ गते बिहान भागेका ४४० जना कैदीबन्दीमध्ये हालसम्म १२३ जनालाई पुनः पक्राउ गरिएको छ। कारागार प्रशासक सुवास पौडेलका अनुसार, बाँकी ३१७ जना फरार कैदीहरूको खोजी कार्य जारी रहेको छ।
उक्त दिन, भीमफेदी कारागारमा रहेका १ हजार ६६ जना कैदीबन्दीमध्ये ठूलो संख्यामा कैदीहरू भाग्न सफल भएका थिए। पछिल्लो विवरणअनुसार हाल कारागारमा ७९७ जना कैदीबन्दी छन्, जसमा अन्य कारागारबाट फरार भई पुनः पक्राउ परेका ४८ जना कैदीसमेत छन्।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया