काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुभकामना र बधाई दिएकी छिन्।

बधाई ज्ञापन गर्दै उपप्रमुख डङ्गोलले कार्कीले बदलाको भावनाभन्दा माथि उठी न्याय, समानता र सुशासनको आधारशिला तयार गर्ने अपेक्षा व्यक्त गरिन्। उनले भनिन्, ‘यो केवल तपाईंका लागि ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, नयाँ पुस्ता तथा न्याय चाहने सम्पूर्ण जनताको भावना अनुरूप मुलुकलाई सही दिशातर्फ अघि बढाउने स्वर्णिम अवसर पनि हो।’

advertisement

उनका अनुसार सम्पूर्ण महिला समुदाय र नेपाली जनतामा विश्वास छ कि नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको बलिदानलाई सम्मान गर्दै नेतृत्वलाई द्वन्द्वभन्दा संवादतर्फ, विभाजनभन्दा एकताप्रति, निराशाभन्दा आशातर्फ उन्मुख गराउनेछन्।

डङ्गोलले कार्कीको नेतृत्वले सुशासन र न्यायको बाटोमा मुलुकलाई अघि बढाउने दृढ विश्वास पनि व्यक्त गरिन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com