काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घिसिङले देश अहिले अति संवेदनशील मोडमा रहेको उल्लेख गर्दै राष्ट्रिय हित र जनताको अपेक्षालाई मध्यनजर गरी सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, ‘जेनेरेशन–जेडले सुरु गरेको आन्दोलनका माग र आकांक्षालाई सम्बोधन गर्दै आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको प्रमुख दायित्व हो। सरकारलाई सफलताको शुभकामना व्यक्त गर्दछु।’
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार












प्रतिक्रिया