काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीहरू विघटनको दिशामा पुगेकाले पुनर्गठन र पुनर्संरचनामा जानुपर्ने बताएका छन्।

जेन-जी आन्दोलनपछिको विकसित घटना क्रममा टिप्पणी गर्दै शर्माले संसद् विघटनसंगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन्। ‘अब आन्दोलनको म्याण्डेट र जनअपेक्षा अनुसार “गम्भीर आत्म समीक्षा“सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरु गरौँ,’ माओवादी उपमहासचिव शर्माले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन्।

advertisement

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com