काठमाडौं । राष्ट्रिय जनमोर्चाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई असंवैधानिक र गलत ठहर गर्दै विरोध जनाएको छ। शनिबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा यस कदमप्रति आफ्नो असन्तोष व्यक्त गरिएको छ।

विज्ञप्तिमा जनमोर्चाले संसद् विघटनलाई जनताको लोकतान्त्रिक अधिकारमाथिको आक्रमण भएको उल्लेख गर्दै जेन–जेड आन्दोलनका अगुवाहरूको मागविरुद्ध राष्ट्रपतिले स्पष्ट अडान लिन नसकेको आरोप लगाएको छ।

advertisement

त्यसैगरी, जेन–जेड आन्दोलनलाई केही राजावादी शक्तिहरू आफ्नो पक्षमा लैजाने प्रयासमा भए पनि सफल नभएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

जनमोर्चाले संसद् बाहिरबाट अन्तरिम सरकार गठन र संसद् विघटनले प्रतिगामी शक्तिहरूलाई सघाउने सम्भावना रहेको भन्दै गणतन्त्रका पक्षधर सबै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com