काठमाडौं । असन्तुष्ट पक्षले अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाको कार्यालयमा रहेको तस्वीर र नेम प्लेट जलाइदिएका छन् ।

जेन–जेड आन्दोलनका प्रदर्शनपछि सरकारले गरेको दमनप्रति असन्तुष्ट भएर कडरियाले आफ्नो पार्टी नेतृत्वको सरकारप्रति असन्तोष व्यक्त गर्दै अध्यक्ष पदबाट राजीनामा दिएका थिए र एमाले पनि परित्याग गरेको घोषणा गरेका थिए।

advertisement

तर, दुई दिनपछि उनले आफ्नो राजीनामा दबाबमा गरिएको बताउँदै पार्टीमा फर्किएको र संगठनको काममा संलग्न भएको घोषणा गरेका थिए।

यसैक्रममा, कार्यालय फर्किने तयारी गर्दा असन्तुष्ट पक्षले विरोध स्वरूप कडरियाको तस्वीर र नेम प्लेट जलाएको हो।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com