काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक तहमा सक्रिय छलफल भइरहेको छ।
विश्वस्त स्रोतका अनुसार आजकै दिन मन्त्रिपरिषद्का सदस्यहरूको नामावली फाइनल गर्ने प्रयास भइरहेको छ भने आइतबार मन्त्रीहरूको शपथ कार्यक्रम तय हुने भएको छ।
प्रधानमन्त्री कार्की आफ्ना विश्वासपात्र सहयोगीहरूसँग यसै सम्बन्धमा छलफलमा जुटेकी छन्। उनले शुक्रबारै अन्तरिम सरकारको प्रधानमन्त्री पदमा शपथ ग्रहण गरेकी थिइन्।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया