काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न काठमाडौंको विर, ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेकी छिन्।
भदौ २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका धेरै प्रदर्शनकारीको उपचार विभिन्न अस्पतालमा भइरहेको छ। कोही ट्रमा सेन्टरमा, कोही सिभिल अस्पतालमा र केही टिचिङ अस्पतालमा उपचाररत छन्।
प्रधानमन्त्री कार्की शुक्रबार राति पदभार ग्रहण गरेकी थिइन्। जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् भने ४ सयभन्दा बढी घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन्।
जेनजी युवाहरूको भदौ २३ को आन्दोलनमा राज्यद्वारा गरिएको बल प्रयोगले धेरैको ज्यान गएको थियो, जसको परिणामस्वरूप निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि राजनीतिक परिस्थितिका बीच सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको हो।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया