काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब आफूविरुद्ध अन्याय नहुने विश्वाससहित पुनः कारागार जाने घोषणा गरेका छन्।

शनिबार आफ्नै जन्मदिनका दिन भिडियो सन्देशमार्फत उनले नवनियुक्त प्रधानमन्त्रीप्रति पूर्ण भरोसा व्यक्त गर्दै आफूमाथि लगाइएका मुद्दाहरूको न्यायिक छानबिन भोग्न तयार रहेको स्पष्ट पारे।

advertisement

लामिछानेले अन्तरिम सरकारसमक्ष देशको वर्तमान संकट समाधानका लागि पाँच-बुँदे माग समेत प्रस्तुत गरेका छन्। उनले आफ्नो ३० वर्षको सार्वजनिक जीवनमा सदैव जवाफदेहितासहित काम गरेको स्मरण गर्दै विगत सरकारले आफूविरुद्ध चरम राजनीतिक प्रतिशोध लिएको आरोप लगाए।

उनले भने, ‘आज देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयम् प्रधानमन्त्री हुनुहुन्छ। अब भने ममाथि अन्याय नहुने विश्वासका साथ कारागार प्रवेश गर्दैछु। सहकारीसँग कुनै सरोकार नभएको व्यक्तिलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर आरोप लगाउनु न्यायसंगत हो कि होइन भन्ने निर्णय अब नयाँ सरकारको विवेकमा छोड्छु।’

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com