काठमाडौं । नेपालबाट भागेर भारत प्रवेश गर्न लागेका ७५ जना कैदीबन्दीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको छ ।

भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था एनएनआईले उल्लेख गरेअनुसार, नेपालमा जेनजी नेतृत्वको आन्दोलनपछि उत्पन्न अशान्तिका बीच जेल तोडेर भागेका कैदीहरूले भारत प्रवेश गर्ने प्रयास गर्दा विभिन्न नाकाबाट हालसम्म ७५ जना पक्राउ परेका हुन् ।

advertisement

भारतीय गृह मन्त्रालयअन्तर्गतको केन्द्रीय सशस्त्र प्रहरी बलमध्ये एक एसएसबीलाई भारत-नेपालबीचको १,७५१ किलोमिटर लामो खुला सीमा तथा भुटानसँगको ६९९ किलोमिटर सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ।

नेपालमा भइरहेको आन्दोलनपछि एसएसबी अझ सतर्क बनेको छ ।

भारत र नेपालबीच पाँच भारतीय राज्य (सिक्किम, पश्चिम बंगाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्ड) हुँदै १ हजार ७५१ किलोमिटर लामो सीमा जोडिएको छ ।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com