काठमाडौं । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जाहेरी दर्ता भएको समाचारलाई निराधार ठहर गर्दै स्पष्टीकरण दिएको छ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि पूर्वप्रतिनिधि सभा सदस्य अभिषेक प्रसाद शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री ओलीविरुद्ध जाहेरी दर्ता गरेको भन्ने समाचार सत्य नभएको हो।

advertisement

सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले भने, ‘शाहले ‘ज्ञापनपत्र बुझाउन छ’ भनी पत्र पेश गर्नुभएको थियो। तर यो पत्र जाहेरीको स्वरूपमा रहेकाले कानुनअनुसार घटना घटेको स्थानमा जाहेरी दिन सुझाइएको हो। यसमा कुनै कारबाहीको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको नभएको जानकारी गराइन्छ।’

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com