काठमाडौं । सातदोबाटो प्रहरी वृत्त युवा समाजसेवीहरूले सरसफाइ तथा पुनर्संरचना अभियान सम्पन्न गरी प्रहरीलाई पुनः हस्तान्तरण गरिएको छ।

प्रदिप सिंह थापा र राजेन्द्र घतानिको अगुवाइमा विभिन्न समाजसेवी र सामाजिक अभियन्ताहरूको सक्रिय सहभागितामा बिग्रिएका संरचनाहरू सफा गरी पुनः सञ्चालनमा ल्याइएको हो।

advertisement

सामुदायिक सहयोगका रुपमा आवश्यक दाल, चामल, लत्ता–कपडा लगायतका सामग्री पनि प्रहरीलाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए। उनले प्रहरीको आत्मबल अभिवृद्धि र प्रहरी–समुदायबीचको विश्वास सुदृढ बनाउन यस्तो सहयोग निरन्तर जारी रहने बताएका छन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com