काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान सरकार आफ्नो निर्धारित कार्यसूचीबाट विचलित नहुनुपर्नेमा जोड दिएको छ। यदि सरकारले यस बाटोबाट च्युत भयो भने प्रतिरोध गरिने पार्टीले स्पष्ट पारेको छ।

शनिबार (भदौ २८) रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा समग्र राष्ट्रिय हित, एकता र सामाजिक सौहार्दता प्रवर्द्धनमा पार्टी सहायक भूमिका निभाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

advertisement

विज्ञप्तिमा भनिएको छ, ‘फागुन २१, २०८२ मा तय भएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गरि शान्तिपूर्ण सत्ता हस्तान्तरण सुनिश्चित गर्ने, लोकतान्त्रिक हकअधिकारको निरन्तर उपयोग, कानूनी शासनअनुसार भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम चाल्ने, पुनर्निर्माण र आर्थिक सुधारमा गति दिने, साथै अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्दै गुणस्तरीय विकासको सुनिश्चितता गर्ने जिम्मेवारी यस अन्तरिम सरकारमा रहेको छ।’

साथै, महामन्त्री बुर्लाकोटीले संविधानको पालना र प्रक्रियागत दृष्टिले हालको राजनीतिक परिवर्तनप्रति उठेका प्रश्नहरूलाई ध्यानमा राख्नुपर्ने कुरामा समेत जोड दिएका छन्।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com