काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारले राख्न आनाकानी गरेको छ । करिब दुई घण्टा अघि नै कारागारमा पु¥याइए पनि अहिलेसम्म उनलाई भित्र हालिएको छैन ।
रविसँगै रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र उनकी पत्नी निकिता पनि नख्खु कारागारमै उपस्थित छन् तर प्रक्रिया पूरा नहुँदा उनीहरू पनि बाहिरै प्रतीक्षारत छन् ।
कारागार सचिवालयका कर्मचारीहरू कागजपत्तर बोकेर दौडधुप गरिरहेका छन् । सुरक्षा चुनौती देखाउँदै प्रशासनले लामिछानेलाई भित्र राख्न हिच्किचाएको छ ।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया