काठमाडौँ । नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संविधानको धारा ६१ बमोजिम प्रधानमन्त्री नियुक्त गर्दै ऐतिहासिक क्षण निर्माण गरेका हुन्।

यसअघि नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी कार्कीले अब पहिलो महिला प्रधानमन्त्रीका रूपमा अर्को मील का पत्थर कोरेकी छिन्।

advertisement

हालैको जेनजी आन्दोलनपछि एमाले–कांग्रेस गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै कार्की प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। भदौ २३ गते आन्दोलनका क्रममा प्रहरी गोली लागेर कम्तीमा १९ युवाको ज्यान गएपछि देशभर आक्रोश चर्किएको थियो। त्यसको भोलिपल्टै व्यापक प्रदर्शन र तोडफोड बीच प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए।

ओलीको राजीनामापछि अन्तरिम सरकार गठनबारे भएका राजनीतिक छलफलमा संसद् विघटन र जेनजी पुस्ताका माग सम्बोधन गर्ने सहमतिसहित कार्कीलाई सरकारको नेतृत्व दिने निर्णय गरिएको हो।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com