काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार पुनः नख्खु कारागारमा प्रवेश गरेका छन्।

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने दिउँसो आफैँ कारागार पुगेका थिए।

advertisement

तर प्रशासनले सुरक्षाको कारण देखाउँदै उनलाई कारागारभित्र प्रवेश गराउन करिब पाँच घण्टा समय लिएको थियो।

लामिछाने भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनापछि कारागारबाट बाहिरिएका थिए। अदालतको आदेशबिना परिस्थितिको फाइदा उठाउँदै बाहिरिएको भन्दै उनको चौतर्फी आलोचना भएको थियो।

प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com