काठमाडौं। जनमत पार्टीले मधेस प्रदेश सरकारबाट आफ्ना सबै प्रतिनिधि फिर्ता बोलाएको छ। शनिबार पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई तत्काल प्रभावबाट पदबाट फिर्ता बोलाइएको जानकारी दिएका हुन्।
जनमत पार्टीतर्फबाट सरकारमा सहभागी हुनेहरूमा मुख्यमन्त्री सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहा रहेका थिए।
संसदीय दलका नेता यादवका अनुसार सरकारबाट बाहिरिएको निर्णयबारे प्रदेश प्रमुखको कार्यालयमा आधिकारिक पत्र पनि पठाइएको छ। हाल मधेस प्रदेश सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) समेत सत्ता साझेदार रहेका छन्।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया