काठमाडौँ । आन्दोलनका क्रममा विभिन्न अदालतबाट चोरी भएका सामग्री फिर्ता गरिदिन सर्वोच्च अदालतले आग्रह गरेको छ ।
आन्दोलनका क्रममा काठामाडौंस्थित सर्वोच्च अदालतसहित विभिन्न जिल्लामा आगजनी र तोडफोड भएको जनाउँदै सर्वोच्च प्रशासनले सवारी साधान, कम्युटर, ल्यापटप लगायतका सामग्री चोरी भएको बताएको छ ।
त्यस्तै अदालतका सवारी साधन सहितका सामग्री प्रयोग भएको पाइएमा नजिकको प्रहरी कार्यालय वा अदालतमा खबर गर्न सर्वसाधरणमा अदालतले आग्रह गरेको छ ।
प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार













प्रतिक्रिया